काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले प्रधानमन्त्रीको राजीनामा आइसकेको बताउँदै आन्दोलनकारीलाई संयमित हुन आग्रह गरेका छन्। ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेएनजीको आन्दोलन हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय जेएनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ ,अब संयमित हुनुहोला !!।’
उनले जनधनको क्षति भनेको मुलुककै सम्पत्ति रहेको बताएका छन् । ‘देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो ,तपाईँ–हामी अब संयमित हुनु जरुरी छ ,’ उनले लेखेका छन्, ‘अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।तयार रहनुहोला !’
प्रकाशित: २४ भाद्र २०८२ १५:२८ मंगलबार

