९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

बालेनको प्रश्न: देश कांग्रेस र एमालेले जलाउने दोष अरुलाई दिने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका बेला पूरै देश कांग्रेस-एमालेले जलाएको आरोप लगाएका छन् ।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनमा एमालेले कांग्रेसको र कांग्रेसले एमालेको घर जलाएर दोष अरूलाई लगाएको दाबी गरेका हुन् ।​​

'आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ,' उनले लेखका छन् ।

यस्तै उनले चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, 

'तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,

यो देश विदेशीले बिगार्यो,

भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,  

अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,  

काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?'

प्रकाशित: ५ कार्तिक २०८२ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App