२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

ओलीको 'बालकोट' पेजमा बालेनको तस्बिर, २० मिनेटपछि हटाइयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सञ्चालन गर्दै आएको फेसबुक पेजमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको चिकित्सा शिक्षा आयोगको बैठकको तस्बिर पोस्ट भएको छ। उक्त पोस्ट करिब २० मिनेटपछि हटाइएको छ।

ओलीको सचिवालयले सञ्चालन गर्ने उक्त फेसबुक पेजमा सामान्यतया अध्यक्ष ओलीका कार्यक्रममा सहभागिता, भेटघाट तथा पार्टीका गतिविधिसम्बन्धी तस्बिर र सामग्री पोस्ट गरिँदै आएको छ। तर, शुक्रबार प्रधानमन्त्री शाहले आयोजना गरेको चिकित्सा शिक्षा आयोगको बैठकको तस्बिर क्याप्सनसहित पोस्ट भएपछि त्यसले ध्यान खिचेको हो।

उक्त तस्बिर कसरी पोस्ट भयो भन्नेबारे स्पष्ट भएको छैन। प्राविधिक त्रुटिका कारण पोस्ट भएको हो वा अन्य कुनै कारणले भन्ने खुलेको छैन।

पोस्ट भएको करिब २० मिनेटपछि तस्बिर हटाइएको छ।

प्रकाशित: ३० आश्विन २०८३ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App