५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

मेयरबाट बालेनले दिए राजीनामा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि शाहले मेयर पदबाट राजीनामा दिएका हुन्।

उनले महानगरपालिकाकी उपप्रमुखसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकमा सहभागी हुनुअघि उनले राजीनामा दिएको सचिवालयले जनाएको छ।

प्रकाशित: ४ माघ २०८२ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App