२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

बालेन सरकारले युद्ध चलिरहेका देशहरूमा पुन: श्रम स्वीकृति खोल्नु धेरै गम्भीर : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम सी 'विप्लव'ले बालेन्द्र सरकारले इजरायल, कुबेत, बहराइन र लेबननमा पुन: श्रम स्वीकृति खोल्ने गरेको निर्णय धेरै गम्भीर रहेको बताएका छन्।

उनले युद्ध चलिरहेका देशबाट युवालाई सुरक्षित फर्काउनु पर्नेमा उल्टै उतै घचेट्न किन खोजेको भन्दै प्रश्न समेत गरे। विप्लवले बालेन्द्र सरकार विदेशिएका युवालाई स्वदेशमा फर्काउने नारा अन्तर्गत नेतृत्वमा आएको भनाइ राखे।

उनले नागरिक जीवनप्रतिको यो अति लापरबाही र गैरजिम्मेवारी भएको बताउँदै उनले यस्तो अपराध कसको सल्लाह र बुद्धिमा गरिँदैछ भनेर प्रश्न गरे। सरकारले यो निर्णय तुरुन्तै रोक्नुपर्ने र्नकफ माग छ। 

कम्तिमा स्थायी शान्तिको आधार नबनेसम्म उक्त मुलुकहरूमा नागरिकलाई पठाउन नहुने उनले बताए।

यस्तो छ उनको स्टाटस:

बालेन सरकारले इजरायल, कुबेत, बहराइन र लेबनानमा पुन: श्रम स्वीकृति खोल्ने गरेको निर्णय धेरै गंभीर छ।

बालेन सरकार विदेशीएका युवालाई स्वदेशमा फर्काउने नारा अन्तर्गत आएको हो। यो सरकारले युद्ध चलिरहेका देशबाट युवालाई सुरक्षित फर्काउनु पर्नेमा उल्टै उतै घचेट्न किन खोजेको हो ?

नागरिक जीवनप्रतिको यो अति लापरबाही र गैरजिम्मेवारी हो। यस्तो अपराध कस्को सल्लाह र बुद्धिमा गरिदैछ ?

सरकारले यो निर्णय तुरुन्तै रोक्नुपर्छ। कम्तिमा स्थायी शान्तिको आधार नबनेसम्म पठाउनु हुँदैन।

प्रकाशित: २ वैशाख २०८३ २०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App