२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेनको एकता पोस्ट: ११ मिनेटमै १ लाख लाइक !

काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा राखेको रवि लामिछाने र कुलमान घिसिङसँगको संयुक्त तस्बिरले इन्टरनेटमा तरंग ल्याएको छ।

सोमबार साँझ बालेनले राखेको उक्त संयुक्त तस्बिरमा ११ मिनेटको अन्तरालमै १ लाख भन्दा बढी लाइक प्राप्त भएको छ। नेपालको सन्दर्भमा यति छोटो समयमै यति धेरै लाइक आउनु ‘रेयर रेकर्ड’ हो।

समाचार तयार पार्दासम्म उक्त तस्बिरमा १ लाख ६१ हजार भन्दा बढी लाइक, ३२ हजार भन्दा बढी कमेन्ट र १४ हजारभन्दा बढी सेयर पुगिसकेको छ।

बालेनले ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने क्याप्सनसहित तीनै जनाको र टेबलमा सहमतिका दस्तावेज राखिएको तस्बिर सार्वजनिक गरेका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिने कसरतस्वरूप यो सहमति भएको हो।

यसअघि रास्वपा र बालेनबिच सहमति भइसके पनि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग पदीय भागबन्डा र सिट बाँडफाँटमा कुरा नमिल्दा वार्ता भाँडिने अवस्थामा पुगेको थियो।

तर, सोमबार साँझ जेन-जी अभियन्ताहरूको दबाब र सहजीकरणपछि तीनै पक्षबिच सहमति जुटेको हो। रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको लामो वार्तापछि रवि, बालेन र कुलमान एकै ठाउँमा उभिन तयार भएका हुन्।

प्रकाशित: १४ पुस २०८२ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App