२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाको साउन २७ गते अपराह्न ४:०० बजे बस्ने बैठकमा सरकारको तर्फबाट विश्वासको मत लिने भएका छन्।  

मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न आवश्यक व्यवस्था मिलाइदिन भनी प्रदेशसभा सचिवालयमा आज सूचना दर्ता गराएकाे प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए।  

उनले प्रदेशसभाका एक सय १० जना सदस्यलाई साउन २७ गते बस्ने बैठकमा उपस्थित हुन सूचना पठाइसकिएको पनि उल्लेख गरे। गत साउन १८ गतेदेखि लागू हुनेगरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई राजीनामा पेस गरेका थिए।  

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई प्रदेशसभाको बहुमत ६४ जना सदस्यको समर्थन प्राप्त गरी गत साउन २० गते प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गरेर उनकै अध्यक्षतामा नौ सदस्य मन्त्रिपरिषद् गठन गरिएको थियो। नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनबाट मुख्यमन्त्रीमा बानियाँ नियुक्त भएका थिए। रासस

प्रकाशित: २३ श्रावण २०८२ २०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App