२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

मत किन्न खोजे ५० हजार जरिवाना वा एक वर्षसम्म कैद

निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद वा जिन्सी लेनदेन नगर्न कडा निर्देशन दिएको छ।

आयोगका अनुसार निर्वाचन अवधिभित्र उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले मतदातालाई मतदान गर्न वा नगर्न प्रलोभन स्वरूप उपहार, पुरस्कार, नगद वा जिन्सी दिन वा सार्वजनिक भोज आयोजना गर्न नपाइने आयोगले जनाएको छ। आयोगले मतदातालाई पनि यस्ता प्रलोभन अस्वीकार गर्न आग्रह गर्दै आएको छ।

राजनीतिक दल वा उमेदवारले आचारसंहिता उल्लंघन गरेमा दोषीलाई रु ५० हजारसम्म जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने आयोगले चेतावनी दिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई कानुनको पूर्ण पालना गर्न समेत आयोगले अनुरोध गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०८२ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App