३ आश्विन २०८२ शुक्रबार
image/svg+xml ४:५३ पूर्वाह्न
राजनीति

अशोक राई र राजेन्द्र महतोको दलबिच कार्यगत एकता हुँदै

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच आज कार्यगत एकता हुँदै छ। 

आज दिउँसो २ बजे काठमाडौंमा कार्यगत एकता घोषणा हुन लागेको हो। पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको बताइएको छ।

जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो भने मुक्ति पार्टी नेपाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर गठन भएको पार्टी हो।

प्रकाशित: २९ श्रावण २०८२ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App