२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘अराजकता बढ्दै गए जनताले नै मलाई खोज्छन्, प्रधानमन्त्री मै बन्छु’

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हालको विद्यमान अराजकता र अस्थिरता कायम रहे जनताले नै आफूलाई फेरि प्रधानमन्त्रीका रूपमा खोज्ने दाबी गरेका छन्।

उनले अवस्था यस्तै रहे सम्पादकहरूले नै सम्पादकीय लेखेर आफूलाई सत्तामा फर्कन आह्वान गर्ने दिन आउने ठोकुवा समेत गरे। आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन्।

वर्तमान सरकारको असफलताले देशमा निराशा छाएको बताउँदै अध्यक्ष ओलीले जनताले यस्तो अवस्थालाई लामो समयसम्म नसहने बताए।

उनले भने, ‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन् नि त। यो किन सहने ?’

उनले अन्य नेताहरूबाट देश चल्न नसक्ने अवस्था आएपछि जनताले विकल्प खोज्ने र त्यो विकल्प आफू नै हुनेतर्फ संकेत गरे। ‘अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ ? भन्ने कुरा आउँछ,’ उनले थपे।

कार्यक्रममा उपस्थित सम्पादकहरूतर्फ लक्षित गर्दै उनले अहिलेको अवस्थाबारे मिडियाले समेत सही विश्लेषण गर्न नसकेको टिप्पणी गरे।

‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन। तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर।

प्रकाशित: २ कार्तिक २०८२ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App