१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शान्तिपूर्ण निर्वाचन गराउन प्रधानसेनापतिको विशेष निर्देशन

प्रधानसेनापति अशोकराज सिग्देलले  फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्।

महाशिवरात्रि तथा २६२ औँ सेना दिवसका अवसरमा शनिबार सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उनले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिए।

उनले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा श्रद्धासुमन अपर्ण गर्दै छाउनीस्थित वीर स्मारकमा पनि वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गरेका निर्देशनालयले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App