७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा दावी गर्ने

नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबेदारी रहने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै संसदीय दलको नेतामा आफ्नो दावेदारी रहने बताए ।  

यो दावेदारी स्वभाविक पनि रहेको उनको भनाइ छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘संसदीय दलको नेतामा स्वत: दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ । संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ ।’

तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे ।

प्रकाशित: ६ चैत्र २०८२ १४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App