२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल बीमा प्राधिकरणमा अध्यक्ष पदका लागि आवेदन खुला

नेपाल सरकारअन्तर्गत रहेको नेपाल बीमा प्राधिकरणले अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको हो।  

सूचनाअनुसार उम्मेदवारले तोकिएको योग्यता पुगेको प्रमाण सहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन दिने उम्मेदवारले अर्थ, व्यवस्थापन, कानुन, वाणिज्य वा बीमा क्षेत्रसँग सम्बन्धित विषयमा उच्च शिक्षा हासिल गरेको हुनुपर्ने उल्लेख छ।  

त्यस्तै, बीमा, बैंकिङ, वित्तीय संस्था वा सार्वजनिक प्रशासन क्षेत्रमा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ। आवेदन बुझाउने अन्तिम मिति जेठ १९ गते रहेको छ।         

प्रकाशित: १३ जेष्ठ २०८३ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App