१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

सर्पदंशविरुद्धको भ्याक्सिन एन्टिस्नेक भेनम उपलब्ध छ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको बताएकी छिन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन मन्त्रालय पूर्ण रूपमा गम्भीर रहेको बताइन्। 

मन्त्री मेहताका अनुसार स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकका आधारमा हाल देशभर १ हजार २६९ डोज एन्टीस्नेक भेनम रहेका छन्। जसमध्ये केन्द्र स्टोर १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा ४४४ डोज, स्वास्थ्य कार्यालयहरू २२२ डोज, सर्पदंश उपचार केन्द्रहरू ४६५ डोज रहेका छन्।  

‘स्वास्थ्य सेवा प्रवाहलाई थप सुलभ, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने सम्बन्धमा माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषयप्रति मन्त्रालय पूर्ण रूपमा गम्भीर छ। सरकारले यसलाई उच्च प्राथमिकतामा राखी आवश्यक सुधारका लागि कार्यहरू अघि बढाइरहेको छ,’ मन्त्री मेहताले भनिन्।

प्रकाशित: १९ श्रावण २०८३ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App