प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि छलफलपछि सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो।
विधेयक पारित हुनुअघि भएको छलफलमा केही प्रतिपक्षी सांसदहरूले विधेयकलाई थप अध्ययन, परिमार्जन र विस्तृत छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले विधेयकका केही प्रावधानमा थप स्पष्टता र व्यापक विमर्श आवश्यक रहेको बताएका थिए।
प्रतिपक्षी सांसदहरूको सुझावका बाबजुद प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।
प्रकाशित: १८ असार २०८३ १६:०१ बिहीबार





