सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो।
पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्। एआईजी बढुवा उपर चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८३ ०७:५६ बुधबार




-600x400.jpg)
