संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ सँग नेपालका लागि विभिन्न तीन राष्ट्र (चीन, जापान र लिथुआनिया) का राजदूतहरूले छुट्टाछुट्टै शिष्टाचार भेटघाट गरेका छन्।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता जयनारायण आचार्यका अनुसार शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटघाट भएको हो। नेपालका लागि चीनका राजदूत झाङ माओमिङ, जापानका राजदूत माएडा तोरु र लिथुआनियाका गैर-आवासीय राजदूत डायना मिकेभिसिएनले मन्त्री पौडेलसँग भेट गरेका हुन्।
भेटका क्रममा मन्त्री पौडेलले नेपालको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरेका थिए। उनले आगामी दिनमा यी मुलुकहरूसँग अझ गहन र मजबुत सहकार्यका लागि आग्रह समेत गरे।
राजदूतहरूले मन्त्री पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
मन्त्रालयद्वारा जारी विज्ञप्ति जारी गर्नुस्

प्रकाशित: ५ वैशाख २०८३ ०९:१७ शनिबार





