राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ। रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
बैठकमा रास्वपाका सभापति लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वर्षमान पुन, राप्रपाबाट नेता ज्ञानबहादुर शाही, जनमत पार्टीबाट अध्यक्ष डा. सिके राउत लगायत नेताहरू सहभागी छन्।
बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा निर्णय गर्नेछ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका ठुलो जनधनको क्षति भएको थियो।
प्रकाशित: ३१ भाद्र २०८३ ११:५९ बुधबार





