कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।
विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुनसरीमा भएको घटनाका विषयमा लिएर आह्वान गरिएको सर्वदलीय बैठक सुरु भएको हो।
बैठकमा सुरक्षा निकायसहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरूको उपस्थित रहेको छ।
बैठकमा शान्ति सुरक्षा, सामाजिक सद्भावलाई कायम राख्दै जनजीवनलाई सामान्य बनाउनका लागि गर्नुपर्ने कामका बारेमा छलफल हुने र राजनीतिक दललाई सक्रिय हुनका लागि आह्वान गर्ने बताइएको छ।
प्रकाशित: १३ श्रावण २०८३ १३:२८ बुधबार





