१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

२४ घण्टाभित्रै सबै ‘बेटिङ एप’ र वेबसाइट बन्द गरिने

नेपाल सरकारले अवैध रूपमा सञ्चालित अनलाइन सट्टेबाजी (बेटिङ) बन्द गर्ने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटहरूलाई २४ घण्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

अवैध आर्थिक कारोबार र पुँजी पलायनलाई रोक्ने उद्देश्यले सरकारले यस्तो कदम उठाएको बताएको छ। कार्यसूचीको ४२ नम्बर बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको छ।

युवा पुस्तालाई कुलतमा फसाउने र अर्थतन्त्रमा गम्भीर असर पुर्‍याउने यस्ता गतिविधिमाथि सरकारले शून्य सहनशीलता अपनाउने चेतावनी दिएको छ।

प्रकाशित: १४ चैत्र २०८२ २२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App