१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

आलमले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान सधैँ अविस्मरणीय रहने छ : कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गरेका हुन्। कोइरालाले स्वर्गीय आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्‍याएको योगदान सधैँ अविस्मरणीय रहने बताएका छन्।

उनले यस घडीमा स्व मोहम्मद अफताब आलमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरे।

 पूर्वमन्त्री आलमको आज बिहान केएमसी अस्पतालमा निधन भएको हो।    

प्रकाशित: २२ कार्तिक २०८२ १०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App