२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमीका ४२१ स्वबासीको हातमा लालपुर्जा

मध्यपुर थिमी नगरपालिका–८ का ४२१ स्वबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ।

आज आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको तर्फबाट भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य राजिव खत्रीको प्रमुख आतिथ्यमा पुर्जा वितरण गरिएको हो।

कार्यक्रममा भक्तपुर–१ का सांसद रुकेश रञ्जित, समानुपातिक सांसदहरू कुसुम महर्जन र प्रमिला कुलुजु तथा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो।

पुर्जा वितरण कार्यक्रममा बोल्दै सांसद खत्रीले लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जाको प्रतीक्षामा रहेका स्थानीयले आफ्नो अधिकार प्राप्त गरेको बताए।

उनले सुकुम्बासी समस्या नभई सुकुम्बासीका नाममा हुने राजनीति नै समस्या भएको टिप्पणी गरे।

‘वर्षौंको प्रतीक्षापछि मध्यपुर थिमी–८ का स्वबासीले लालपुर्जा पाउनु खुशीको कुरा हो,’ खत्रीले भने, ‘स्वबासी र सुकुम्बासीका नाममा राजनीति गर्नेहरूले दिन नसकेको लालपुर्जा अहिले वितरण भयो।’

खत्रीले वर्षौंसम्म स्थानीयको हक अधिकार रोकिएको भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाए।

‘यत्रो वर्ष यो हक अधिकार खोस्ने को थिए रु सुकुम्बासीका असली दुश्मन को थिए भन्ने कुरा फेरि पनि क्लियर भयो,’ उनले भने।

लामो समयदेखि जग्गाको स्वामित्वको प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएसँगै आफूहरूको वर्षौं पुरानो समस्या समाधानतर्फ अघि बढेको बताएका छन्।

प्रकाशित: २८ श्रावण २०८३ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App