नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित नौ वाम दलको एकतापछि नयाँ बन्ने दलको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने भएको छ। माओवादी केन्द्रको मंगलबार बसेको बैठकले उक्त नाम पारित भएको छ।
बैठकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले नयाँ बन्ने दलको नाम नेपाली कम्युनिस्ट पार्टी प्रस्ताव गरेका थिए। सोही नाम बैठकले स्वीकृत गरेको हो।
यसअघि आइतबार तत्काल आठ दलबिचको सहमति पत्रमा नाम उल्लेख थिएन। तर, चुनाव चिन्ह भने ‘तारा’ उल्लेख गरिएको थियो।
पछि गोपाल किराँती नेतृत्वको दल पनि सोही एकतामा सहमत भएर आएको थियो।
प्रकाशित: १८ कार्तिक २०८२ १७:३१ मंगलबार





