१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

महासचिवमा फेरि निर्वाचित भएपछि शंकरले भने: नवयुवाको भावना अनुसार अघि बढ्छौँ

एमालेको महाधिवेशनबाट फेरि महासचिवमा निर्वाचित भएपछि शंकर पोखरेलले नवयुवाको भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।  

उनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता पनि जनाए । महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अब पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने दावी गरे ।  

कुराकानीका क्रममा पोखरेलले भने, ‘एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर नवयुवाको भावना अनुसार विकास र समृद्धिको आकाङ्क्षालाई अगाडि बढाउँछौँ। विकास र समृद्धिको यात्रालाई अगाडि बढाउँछौँ।’

प्रकाशित: ३ पुस २०८२ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App