प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले भदौ २३ गतेको घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
सरकारले भदौ २३ का घटनामा संलग्ग्न भएका दोषीलाई पक्राउ गर्ने क्रम बढाएसँगै साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै योजनावद्ध रूपमा विद्यार्थीलाई विद्यालय पोसाकमै आन्दोलनमा बोलाउने, गोली चलाउने र देशकाे सम्पदा जलाउने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
उनले विशेषगरी डिस्कर्ड मार्फत योजना बनाएर ‘जेन जी’ समूहलाई आन्दोलनमा उतार्नेमाथि पनि छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन्।
प्रकाशित: १५ चैत्र २०८२ १३:३७ आइतबार





