प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर भइरहेका विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सामान्य रूपमा लिएका छन्।सरकारप्रति उठेका प्रश्नहरूको जवाफ दिनका लागि सरकारले आन्तरिक तयारी गरिरहेको उनको भनाई छ।
सरकारको तर्फबाट संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनका लागि मन्त्रीहरूको कार्यविभाजन गरी कार्यतालिका बनाउने काम भइरहेको बताउँदै उनले केही दिनभित्रै मन्त्रीहरूले आफ्नो पालोअनुसार संसद्मा उपस्थित भएर जवाफ दिने जानकारी दिए।
रास्वपा महामन्त्रीसमेत रहेका बुर्लाकोटीले प्रधानमन्त्री वा मन्त्रीहरूको सदनमा उपस्थित हुने निश्चित कार्यतालिका बन्न बाँकी रहेको र त्यो छिट्टै तयार हुने भन्दै आगामी दिनमा प्रणालीगत रूपमा नै मन्त्रीहरूबाट संसद्मा उठेका प्रश्नहरूको जवाफ आउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: ६ जेष्ठ २०८३ १७:३२ बुधबार





