१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

राप्रपाको केन्द्रीय कार्यालय अनुगमन गर्न पुग्यो मन्त्रीसहितको सरकारी टोली

सरकारी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयको अनुगमन गरेको छ। सरकारका मन्त्रीसहितको प्रतिनिधिमण्डल धुम्बाराहीस्थित राप्रपाको कार्यालय पुगेर आसन्न निर्वाचनलगायतका विषयमा सरकारले गरिरहेको तयारी र प्रयासबारे जानकारी गराएको हो।

कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित अनुगमन समितिले पार्टी कार्यालयको अवलोकनसँगै राप्रपा नेतृत्वसँग भेटवार्ता गरेको थियो। अनुगमन टोलीमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेल तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालको पनि सहभागिता थियो।

अनुगमनका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भएको भेटमा सरकारी टोलीले निर्वाचनको अनुकूल वातावरण निर्माण गर्न तथा आवश्यक तयारीलाई तीव्रता दिन सरकार अधिकतम रूपमा सक्रिय रहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनका अनुसार निर्वाचन आयोग निर्वाचनका लागि तयारीमा जुटिरहेको र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा सरकारी टोलीले आश्वस्त पार्ने प्रयास गरेको थियो।

भेटमा राप्रपाले निर्वाचनअघि नै मुलुकलाई नवीन समझदारीको फराकिलो राजमार्गमा लैजानुपर्ने आफ्नो धारणा सरकारलाई पुनःस्मरण गराएको जनाइएको छ। साथै अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलको हैसियतले राप्रपाले निर्वाचनको सदुपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

 

प्रकाशित: ९ पुस २०८२ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App