२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन गराउन मतदान केन्द्रतर्फ लागे कर्मचारी

सिन्धुलीमा निर्वाचन गराउनका लागि कर्मचारीहरु मतदान केन्द्रतर्फ प्रस्थान भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन सामाग्री बोकेर कर्मचारीहरु मतदान केन्द्र तर्फ बिहिबार लागेका हुन्।  

यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मीहरु मतदान केन्द्र प्रस्थान गरेका हुन्। जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार मत पेटिकासहित ५६ प्रकारका मतदानका सामाग्री बोकेर कर्मचारीहरु सुरक्षाकर्मीको स्कटिङमा मतदान केन्द्रमा गएका हुन्।  

मतदान केन्द्रमा खटिएका कर्मचारीले मतपत्रसहित सबै सामाग्री बुझ्ने र सुरक्षाकर्मीहरुका साथ मतदान केन्द्रतर्फ पठाइएको छ, मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले भने, बिहिबारनै निर्वाचन सामाग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुग्नै पर्छ।  

मतदान केन्द्रमा पुगेर विभिन्न किसिमका सुचना र मुचुल्का टास गर्नुपर्ने भएकाले तोकिएको समयमा अनिवार्य रुपमा मतदान केन्द्रमा कर्मचारी पुग्नु पर्छ उनले भने। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुलीमा दुई हजार एक सय ४२ जना कर्मचारीहरु मतदान सामाग्रीसहित मतदान केन्द्र तर्फ प्रस्थान भएका छन्।  

बिहिबार मुख्यनिर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने मतपेटिकासहित सामाग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारीहरु प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पाकुमारी झाले जानकारी दिइन्। उनका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने र सबै पालिकाहरुमा नमुना मतदानसहित मतदाता शिक्षा दिने कार्य गरि निर्वाचन गराउन कर्मचारी मतदान केन्द्रमा खटाइएको छ। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा  २ लाख ८ हजार ३ सय ६९ जना मतदाता रहेका छन्। जसमा पुरुष मतदाता एक लाख ७ हजार चार सय १० जना छन् भने महिला ९ मतदाता एक लाख ढ सय ५९ जना रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ। १ सय ५१ मतदान स्थलमा २ सय ६७ स्थाई मतदान केन्द्र छन्।  

यस्तै दुई ओटा अस्थाई मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला कारागारमा र सरकारी कर्मचारीहरुको लागि शहरी विकास कार्यालय अन्र्तगतको एकिकृत भवनमा अस्थाई मतदान केन्द्र तोकिएको छ। प्रत्येक मतदान केन्द्रमा आठ जनाको दरले कर्मचारी परिचालन भएको र दुई ओटा अस्थाई मतदान केन्द्रमा  ६ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पाकुमारी झा ले जानकारी दिइन्।  

प्रकाशित: १ मंसिर २०७९ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App