७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन गराउने टोली गन्तव्य पहिल्याउँदै (फोटोफिचर)

निर्वाचनका लागि खटिएका कास्कीका कर्मचारी विहीबार दिउँसो गन्तव्यतर्फ लाग्दै। तस्बिरःउमेश पुन÷नागरिक

आगामि आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलतिर हिडेका छन्। निर्वाचन गराउन आवश्यक आवश्यक सबै सामाग्री बोकेर सुरक्षाकर्मी सहित कर्मचारी गन्तव्यतिर लागेका छन्।

जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार कास्कीमा १५० मतदातस्थल रहेका छन। ती मतदानस्थलमा ३४४ मतदान केन्द्र रहेका छन्। कास्कीमा ३ वटा निर्वाचन क्षेत्र छन्। प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेका छन्। कास्कीमा सबैगरि २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन्। 

निर्वाचन कार्यालयका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटिन्छन।  ती मध्ये एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत र ५ जना सहायक कर्मचारी र १ जना सहयोगी हुन्छन्। २ वटा अस्थायी मतदान केन्द्रमा ३–३ जनाका दरले कर्मचारी खटिन्छन। सबैगरि कास्कीमा २७ सय ५८ जना कर्मचारी खटिएका छन्।सुरक्षा अधिकृतका अनुसार तीनस्तरका मतदानस्थल पहिल्याइएको छ। सामान्य ५०, संवेनदशील ५० र अति संवेदनशील ५० मतदानस्थल रहेको सुरक्षा श्रोतले बताएको छ। मतदानस्थलमा ८ देखि ३२ जनासम्म सुरक्षाकर्मी खटाइएको छ। निर्वाचनका लागि खटिएका कर्मचारी धमाधम गन्तव्यस्थलका लागि हिडेका छन्।

प्रकाशित: १ मंसिर २०७९ ०८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App