९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव संविधान बचाउने र मास्नेबीचको जनमतसंग्रह: दाहाल

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मंसिर  ४ को चुनाव संविधान मास्ने र जोगाउनेबीचको जनमतसंग्रह रहेको बताएका छन्।  

लोकतान्त्रिक बाम गठबन्धनले मोरङको सुन्दर हरैचामा आयोजना गरेको आमसभालाई  सम्बोधन गर्दै अगामी निर्वाचन संविधान मास्ने र जोगाउनेबीचको जनमतसंग्रह भएको बताएका हुन्।  

उनले फेरि लोकतन्त्रका लागि आन्दोलन गर्न नपरोस् भन्ने लागे गठबन्धनलाई जिताउन समेत आग्रह गरे। समृद्धि र बिकासका लागि दसकौसम्म  गठबन्धक रहने विश्वास व्यक्त गरे।  

नेपाली कांग्रेसका प्रबक्ता प्रकाश चरण महतले संविधानको रक्षाका लागि गठबन्धन गर्नुपरेको बताए। गठबन्धनले जिते ५ वर्ष भित्र  ६५ वर्ष माथिका सबैलाई वृद्ध भत्ता दिने उनले बताए। 

प्रकाशित: ३० कार्तिक २०७९ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App