१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुपन्देही सुकुम्बासी बस्तीका मतदाताको मागः लालपूर्जा र रोजगारी

रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिवद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन्।  

उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे। खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ। लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरुलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ।

दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ। उनीहरुले देश भित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरुले आफूलाई राहत दिनुपर्ने बताएका छन्। यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा छन्। नेताहरुले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन्। ३÷४ वर्ष अघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन्।

त्यहाँका मतदाताहरुले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन्। अव निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकि छ। 

प्रकाशित: ३० कार्तिक २०७९ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App