२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्लाहीका १० पालिकामा नमुना मतदान सम्पन्न

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत कम गराउने उद्देश्यले १० पालिकामा नमुना मतदान गराइएको छ। बाँकी १० पालिकामा पनि क्रमैसित नमुना मतदान गराउँदै जाने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।  

सर्लाहीको लालबन्दी, बागमती, हरिपुर, हरिवन, कविलासी, ईश्वरपुर र हरिपुर्वा नगरपालिकाका साथै चन्द्रनगर, ब्रह्मपुरी र पर्सा गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको हो।  

अधिकांश पालिकाको कार्यपालिका कार्यालयमा नै नमुना मतदान गराइएको छ। जिल्लामा मतदाता शिक्षा कार्यक्रम संचालन गर्न खटाइएका स्वयंसेविका, मतदानमा खटिने कर्मचारी र इच्छुक सर्वसाधारणलाई सहभागी गराई नमूना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालयले २० पालिकाका २०० वटै वडामा महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको जनाएको छ।

नमुना मतदान हेरेर तथा मतदानमा सहभागी भएर मतदाताहरुले सही मतदान गर्न सिकेको पाइएको छ। नमुना मतदानमा सहभागीहरुले नमुना मतदान फलदायी भएको प्रतिक्रिया दिएका छन्।  

प्रकाशित: २९ कार्तिक २०७९ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App