१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भक्तपुर १ 'क' मा काँग्रेस र एमालेलाई स्वतन्त्रको डर

सतारुढ दलसहितको नेपाली काँग्रेस, एमालेलाई भक्तपुर क्षेत्र नं. १ क (चाँंगुनारायण क्षेत्र) मा स्वतन्त्र उम्मेदवार चुनौती बनेको छ। काँग्रेस, एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतलाई यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछ्वा टाउको दुखाइको विषय बनेको हो।

समाजसेवी एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका कासिछ्वाले जनताको मन जित्दै गएपछि काँग्रेस, एमाले, राप्रपालगायतका दलहरुलाई टाउको दुखाइको विषय बनेको हो। 'जनताले म प्रति देखाएको मायाबाट अतालिएर ठूला भनिने काँग्रेस, एमालेहरु डराइरहेका छन्, स्वतन्त्र उम्मेदवार कासिछ्वाले भने, 'त्यसकारण मेराविरुद्ध कहिले उम्मेदवार फिर्ता लियो त कहिले कुनै दललाई समर्थन गर्‍याे भनेर ठूला दलका ठूल्ठूला नेताहरु भ्रम फैलाइरहेका छन्।'

मंगलबार विहान पनि कासिछ्वाले उम्मेदवारी निष्क्रिय पार्‍याे भनी सामाजिक सञ्जालमा भ्रम फैलाइएको थियो। साथै दिउँंसो उम्मेदवार कासिछ्वा दलको समर्थनमा जाने भनेर प्रचार गरिएको थियो।  

स्वतन्त्र उम्मेदवार कासिछ्वाले आफूले कुनै हालतमा उम्मेदवारी निष्क्रिय नपार्ने स्पष्ट पारे। साथै कुनै हालतमा पनि कुनै दललाई समर्थन नगर्ने दावी गरे। म जित्नको लागि उम्मेदवार बनेको हुँं, उनले भने, त्यसकारण मेरो प्रतिस्पर्धी पनि मै मात्रै हुँं, कोही पनि होइन।

सैद्धान्तिक भोट नरहेको, कहिले कता कहिले कता जाने यहाँंको भोट आफूप्रति आकर्षित भएपछि ठूला भनिएका दलहरु अतालिएको उनको बुझाइ छ। नेमकिपाको भोट सैद्धान्तिक भोट हो, त्यो विचलित हुँंदैन, उनले भने, बाँकी दलका भोटहरु कहिले कता कहिले कता जाने हुन्, ती सबैको भोट तानेर म विजयी हुन्छु।

यो क्षेत्र नेपाली काँग्रेस र एमालेको बलियो क्षेत्र मानिन्छ। यी दुईपछि यहाँं राप्रपा र नेमकिपाको राम्रै पकड छ। पछिल्लो स्थानीय निकायको निर्वाचनमा यो क्षेत्रमा काँग्रेसले मेयर जितेको थियो। उपमेयर भने एमालेले जितेको थियो। वडा अध्यक्षहरु भने काँग्रेस, एमाले, राप्रपा र नेमकिपाबाट जितेका छन्।

प्रदेशसभाको यसअघिको पछिल्लो निर्वाचनमा यस क्षेत्रमा काँग्रेसका कृष्णलाल भँंडेल विजयी भएका थिए। यसअघि एमालेका हरिशरण लामिछाने विजयी भएका थिए। यस क्षेत्रको चाँंगुनारायण नगरपालिकाको मेयरमा पनि पछिल्लो पटक काँग्रेसका जीवन खत्री विजयी भएका थिए भने त्यो भन्दा अगाडि नेकपा एमालेका सोम मिश्र मेयरमा विजयी भएका थिए।

यो क्षेत्रमा सता गठबन्धनकोतर्फबाट काँग्रेसका सुरेश श्रेष्ठ, एमालेका मोहनवीर श्रेष्ठ, राप्रपाका राजु कुइँकेल र नेमकिपाका मिनबहादुर बाटा मैदानमा छन्। यसबाहेक पनि यस क्षेत्रमा अन्य ससाना पार्टीका उम्मेदवारहरु मैदानमा छन्।

प्रकाशित: २९ कार्तिक २०७९ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App