५ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रुपन्देहीको विकासमा दीर्घकालीन योजना ल्याएँ: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले आफुले बिगतमा रुपन्देहीको विकासकालागि दिर्घकालिन महत्वका साना/ठुला गरी थुप्रै आयोजनाहरु ल्याएको बताएका छन्।

मानविय, सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने महत्वपूर्ण र दिर्घकालिन महत्वका आयोजनाहरु आफनो पहलमा ल्याएको र ती आयोजना सम्पन्न गर्न पनि उत्तिकै भुमिका खेलेको उनले बताएका हुन्।

पाँच दलिय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका गृहमन्त्री खाणले आइतबार आफनो क्षेत्रको चुनावी सभाहरुलाइ सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, सडक, पुल, सिंचाई,पर्यटन,कृषि र उद्योग,व्यवसाय सम्बन्धि पुर्वाधार विकासका महत्वपूर्ण आयोजनाहरु संचालन भएको बताए।

उनले तिनाउ र दानवमा जनताको तटवन्धन, पुल निमार्ण, सोह्र–छत्तीस सिंचाई प्रणाली निमार्णमाको कम आफ्नै पहलमा भएको र यसले जिल्लाको सिंचाईमा फड्को मारेको बताए। बेलहिया–बुटवल ब्यापारिक मार्ग, गौतमबुद्ध बिमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, देवदह– मणिग्राम–लुम्बिनी बुद्धसर्किट निमार्ण गरी बीचका बस्तीलाई गुल्जार बनाउनमा आफुले महत्वपूर्ण भुमिका खेलेको उनले बताए।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाणले ब्यापारिक मार्ग बिस्तारको क्रममा अधुुरो रहेको काम पनि छिट्टै पुरा गर्ने प्रतिबद्धता जनाए। भैरहवामा विमानस्थल बनाउन र भैरहवामा बिषेश आर्थिक क्षेत्र (सेज) ल्याउनमा कांग्रेस नेता स्वर्गीय रामकृष्ण ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उनको स्वर्गीय नेता ताम्रकारको प्रशंसा गरे। उनले रुपन्देही, भैरहवा क्षेत्रको बिकासमा आफू र ताम्राकारबीच सधै सहकार्य हुने गरेको उल्लेख गरे।

त्यस्तै  देवदह–मणिग्राम– लुम्बिनी– तिलौराकोट– गोरुसिंगे, बेलवास– बेथरी, तामनगर–फर्सटिकट हुँदै  बेथरी– मर्चवार सडक, भैरहवादेखि नवलपरासीको  भूमही, केदली– सिसुवा, मुर्गिया– सूर्यपुरा, देवदह– मणिग्राम–फर्साटिकर– सूर्यपुरा– लुम्बिनी, छपिया– बेथरी सडक निर्माण एवम स्तरोन्नती गर्न पनि पहल गरेको बताए।

त्यस्तै, आफू शिक्षा राज्यमन्त्री हुँदा माध्यमिक शिक्षा  सहयोग कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाका १५ वटा विद्यालयको भौतिक सुधार गरेको उल्लेख गर्दै उनले सिद्धार्थ गौतम बुद्ध क्याम्पसको स्थापना, पब्लिहवा कृषि क्याम्पसको स्तरोन्नती, दुधनाथ थारु यज्ञोदय बहुमुखी क्याम्पसको स्तर बृद्धि एवम् स्कुल बसको ब्यवस्थापन, खड्ग बनगाई मावि, भगलापुर मावि, मानपकडी जनता मावि, अमुवाको भौतिक विस्तार एवम् शैक्षिक सुधार, नवरत्न मावि, सेमलार प्राविधिक धार स्थापना र सिसै मावि खड्ग बनगाई भवन निर्माण, जनता मावि र बिरेन्द्र मावि छपियामा भवन निर्माण जस्ता काम गरेको बताए।

पक्लिहवा माविलाई बस खरिद, नवरत्न मावि बुटवलको खेलमैदान निमार्ण, जनता आधारभूत मायादेवीको भवन निमार्ण जस्ता शैक्षिक पुर्वाधारका काममा बजेट विनीयोजन  गरेको जानकारी दिए।

त्यस्तै सिचाई मन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम सहित एक दर्जन ठुला साना सिचाइ आयोजना संचालन तथा पुराना आयोजनको स्तरोन्नती गरेको बताए। रुपन्देहीलाई अझ विकसित र समुन्त बनाउन हाल संचालित आयोजनाहरु समयमै पुरा गर्ने र नयाँ र दिर्घकालिन महत्वका नयाँ आयोजना संचालन गरी समुन्नत रुपन्देही बनाउन  योजना ल्याएको र त्यसलाई साकार पार्न जनताको साथ जरुरी रहेको उनले जनाए।

प्रकाशित: २७ कार्तिक २०७९ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App