१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई तीन वटा चुनावसम्म गठबन्धन गर्ने चाहना छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तीन वटा चुनावसम्म गठबन्धन गर्ने चाहना रहेको बताएका छन् । भरतपुरमा सत्ता गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्रिय एकता, समावेशीता तथा विकासका लागि गठबन्धन गर्न चाहेको बताएका हुन्।  

‘स्थानीय तहमा पनि चितवनमा गठन्धन विजयी भएको हो। अहिले पनि चितवनबाटै गठबन्धन विजयी भएको खण्डमा आउँदा दुई तिन वटा चुनावसम्म गठबन्धनको सरकार बनाई हामी एकता भएर अगाडि बढ्यौँ भने, नेपाल राष्ट्र समावेशी समानुपातिमात्र होइन राष्ट्रिको एकता हुने विश्वास लिएको छु,’–उनले भने। संविधान रक्षाका लागि यसपटकको निर्वाचन गठबन्धनले जित्न आवश्यक रहेको उनले बताए। सभालाई करिब नौ मिनेट सम्बोधन गरेका देउवाले गणतन्त्र अझै स्थापित हुन नसकेको सन्सय व्यक्त गरे। ‘राष्ट्र कता जाने हो। लडिलडि लिएको प्रजातन्त्र, गणतन्त्र स्थापित गर्नुछ । संघिय शासन व्यवस्था समावेशी शासन व्यवस्थासंगै हिमाल, पहाड, मधेशलाई एकता बद्ध गरि लैजाने प्रयास छ,’ उनले भने, ‘अझै यो कता जाने हो भन्ने लडाई छ।’  केपी शर्मा ओलिले मध्यराती दुई दुई पटक संसद विघटन गरेकाले अहिले पनि त्यसको रक्षा गर्न जरुरी रहेको बताए। ‘मध्यराती दुई दुई पटक संसद विघटन गर्नुभयो । अहिलेको संविधानमा मनपरी तरिकाले संसद विघटन गर्ने अधिकार छैन।’, उनले भने ‘ओलीजिले संविधानलाई खेलौना सम्झेर दुई पटकसम्म संसद विघटन गरे।’ गठबन्धनले चुनाव जितेमा राष्ट्रलाई स्थायी र सम्पन्न देश बनाउने जिकिर गरे।  

प्रधानमन्त्री देउवाले चितवन जिल्लाका पुर्व सभापति विकास कोइरालाको कारबाही चुनाव जितेको भोलिपल्ट फिर्ता गर्ने आश्वासन दिएका छन्। विकास कोइरालाका कार्यकर्ताले कारबाही फिर्ता गर्न माग गरेपछि उनले यस्तो आश्वासन दिएका हुन्। ‘मैले कारबाही गरेको पनि होइन। धेरै पहिलेको रैछ।’ उनले भने, ‘चुनाव जिताएको भोलिपल्ट कारबाही फिर्ता हुन्छ।’

प्रकाशित: २६ कार्तिक २०७९ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App