१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मंसिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन: उपाध्यक्ष श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिर  ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगाेमा पुर्‍याउनका लागि भएको बताएका छन्।  

पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज  आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे। 'बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र  द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उहाँहरुको माग सम्बोधन गर्नु पर्छ”, उनले भने, “पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ।'

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए। लोकतन्त्रको अभिन्न अङ्ग निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएका उनको भनाइ थियो।  

प्रकाशित: २६ कार्तिक २०७९ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App