३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुपन्देही क्षेत्र नं. ५: २०७४ का मुख्य प्रतिद्वन्द्वी बने काँग्रेसका शाहको चुनावी सारथी

प्रतिनिधिसभा उम्मेदवार काँग्रेसका भरतकुमार शाह संगै उनका चुनावी सारथी माओवादीका डिलाराम आचार्य र जनता समाजवादीका मोहम्मदवकिल मुसलमान। तस्विर/नागरिक

भनिन्छः राजनीतिमा कोहीपनि स्थायी शत्रु र मित्र हुँदैन। यो भनाइ अहिले रुपन्देही क्षेत्र नंं ५ को निर्वाचनमा चरितार्थ भएको छ। २०७४ सालको आमनिर्वाचनमा रुपन्देही ५ मा एक अर्काका मुख्य प्रतिद्वन्द्वी रहेका नेताहरु नै  यसपाली चुनावी सारथी भएर प्रचारमा खटिएका छन्। यो क्षेत्रमा पाँचदलिय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार नेपाली काँँग्रेसका भरत कुमार शाह छन्। तीनै शाहकापूर्व प्रतिद्वन्द्वी अहिले उनको चुनावी सारथी बनेर भोट माग्न जनताको घरदैलोमा पुगीरहेका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा शाहका मुख्य प्रतिद्वन्द्वी माओवादीका डिलाराम आचार्य थिए। तत्कालिन समयमा एमाले माओवादी गठबन्धनबाट उठेका आर्चायलाई शाहले १३ हजार बढी मतले हराएका थिए। त्यती बेला तेश्रो स्थानमा जनता समाजवादी पार्टीका मोहम्मद वकिल मुसलमान थिए। तर यसपाली भने पाँचदलिय गठबन्धनकै कारण उनीहरु एक ठाँउमा छन्।

आचार्य र मुसलमानले अहिले एउटै मञ्चमा उभिएर शाहलाई भोट मागिरहेका छन।  गठबन्धनका तर्फबाट यसपाली काँग्रेसका शाहलाई भारी मतले जिताउन आग्रह गर्दै आर्चाय र मुसलमान मतदाताको घरदैलो पुगेका छन्। शाहसंगै प्रदेशमा पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताएरै छाड्ने अठोट लिइरहेका छन्।  

नेपाली काँग्रेसका शाह २०७४ को  निर्वाचनमा देशभरमै सबैभन्दा धेरै मत ल्याएर जित्ने उम्मेदवार हुन्। त्यती बेला शाहले १३ हजार बढी मत ल्याएर प्रतिनिधिसभामा जितेका थिए।

संयुक्त लोकतान्त्रिक गठबन्धनमा आवद्ध विद्यार्थीहरुको सैनामैना ६ कलौनीमा भएको युवा भेलालाइ सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार  काँग्रेसका  भारतकुमार शाहले संविधान र लोकतन्त्रको रक्षा गर्दै विकास र समृद्धिको सपना सकार पार्न पाँचदल एक ठाँउमा उभिएको बताए।  

शाहले यसअघि आफूसंगै निर्वाचन लडेका नेताहरु अहिले आफूलाई जिताउन जनताको घरदैलोमा संगसंगै पुगेको भन्दै आफ्नो लागि यो भन्दा ठूलो सौभाग्य केही नहुने बताए। यसअघिको निर्वाचनमा तीन जना बिचको प्रतिस्पर्धामा १३ हजार फरक मतले जितेको स्मरण गर्दै उनले अबको निर्वाचनमा जितको अन्तर दोब्बर वनाउने दाबी गरे।  

यस अघिका निर्वाचन जितेपछि पनि जनतासंग कहिल्यै टाढा नभएको र आफुले सुरु गरेका र सम्पन्न हुने अवस्थामा रहेका विकासका आयोजनाहरुलाई अबको कार्यकालमा पुरा गर्ने र थप नयाँ योजनाहरु ल्याउने प्रतिवद्धता शाहले गरेका छन्।  

युवा भेला कार्यक्रममा पनि आर्चाय र मुसलमानले गठबन्धनका उम्मेदवारहरु प्रतिनिधिसभा तर्फ शाह प्रदेश तर्फ ५(१) माओवादीका विनोद पहाडी र ५(२) मा कांग्रेसका फकरुद्दीन खानलाइ मत दिएर जिताउन युवाहरुलाई आग्रह गरे।  

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन काँधमा काँध मिलाएर अघि बढ्ने बताए। जनता समाजबादी पार्टीका मोहम्मद वकिल मुसलमानले यो निर्वाचनमा गठबन्धनका उम्मेदवारले ३० हजारको फराकिलो मतले बिजयी हुने दाबी गरे।

प्रदेशसभा ५(१) का उम्मेदवार माओवादीका विनोद पहाडीले गठबन्धनको जितलाई अब कसैले पनि रोक्न नसक्ने बताउँदै युवाहरुको काँधमा ठूलो जिम्मेवारी आएको बताए। नेपाली कांग्रेस रुपन्देहीका उपसभापति डा. अनिता ढुंगाना शाहले विगतमा रुपन्देही ५ मा भरतकुमार शाहको नेतृत्वमा धेरै विकासका काम भएकोले यसपटक पनि मतदाताले शाहकै नेतृत्वमा रहेको गठबन्धनको टिमलाई बिजयी बनाउने विश्वास व्यक्त गरीन्। कांग्रेसका युवा नेता विष्णु पोखरेलले रुपन्देही ५ अहिले गठबन्धनका लागि सबैभन्दा सुरक्षित क्षेत्र भएको बताउँदै गठबन्धनका तीन उम्मेदवारको जीत निश्चित रहेको बताए।  

यो क्षेत्रमा नेकपा एमालेबाट  प्रतिनिधिसभा सदस्यको उम्मेदवार बाशुदेव घिमिरे छन् भने ५(१)मा एमालेबाट भुमिश्वर ढकाल र ५(२)बाट एमालेका रामचन्द्र यादव उठेका छन्।

प्रकाशित: २० कार्तिक २०७९ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App