१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

खोटाङकी महिला वडा सदस्य नेपालीको निधन

स्वर्गीय वडा सदस्य नेपाली। तस्विरः महेश्वर

खोटाङकी एक महिला वडा सदस्यको निधन भएको छ। जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका २ डाँडागाउँकी वडा सदस्य ३९ वर्षीया पदमकुमारी नेपालीको बिहीबार विहान निधन भएको हो।  

दाँत दुख्ने बिरामीले पछिल्लो समय नेपाली सिकिस्त भएकी थिइन्। उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी वडा सदस्य नेपालीलाई गिजाको अप्रेसन गरिएको थियो। तर, त्यहाँ निको नभएपछि थप उपचारका लागि बिराट नर्सिङ होम रिफर गरिएकोमा लाँदालाँदै इटहरी बिहीबार विहान पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै गाउँपालिकाले जनाएको छ।  

भाइ बिजय नेपालीका अनुसार यसअघि उनलाई सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा उपचार भर्ना गरिएकोमा निको नभएपछि धरान लगिएको थियो। धरानमा आइसियु अभाव नभएपछि बिराटनगर रिफर गरिएकोमा लादालाँदै बाटैमा नेपालीको निधन भएको हो।  

विजयका अनुसार नेपालीलाई लामो समयदेखि दाँत दुख्ने बिरामी थियो। अस्पतालले सल्यक्रियाको क्रममा गिजा काटेर पिप निकालिएको थियो। अप्रेसन गरेको केहीबेरसम्म सामान्य अवस्था रहेको नेपाली एक्कासी सिकिस्त भएपछि प्रतिष्ठानले आइसियु अभाव देखाउँदै रिफर गरेको थियो। नेपालीका श्रीमान बलराम चर्माकारले अस्पतालको लापरवाहीका कारण श्रीमतिको ज्यान गएको गुनासो गरेका छन्।  

गत ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्य बिजयी भएकी हुन्। दुई छोराकी आमा उनी माओवादीको गाउँपालिका कमिटी सदस्यसमेत हुन्। वडा सदस्यको निधन भएको शोकमा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको छ।  

प्रकाशित: १९ कार्तिक २०७९ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App