५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।  सभालाई सम्बोधन गर्न उनी केहीबेरमा सदरमुकाम खलङ्गा आउँदै छन्।  

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन्। बिहान ११ बजे उनले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए।  कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुगेका छन्।  

अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा आउने कार्यक्रम छ।  उनले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ।  यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए।रासस 

प्रकाशित: १८ कार्तिक २०७९ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App