३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनमा प्रयोग गर्न भारतले दियो नेपाललाई २ सय गाडी

निर्वाचन सञ्चालनका लागि भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार आयोजित एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन उपहारस्वरुप हस्तान्तरण गरे।

भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिएका छन्। सो सवारी साधन नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका हुन्।

भारतीय दूतावासका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहार दिएको छ।

प्रकाशित: १५ कार्तिक २०७९ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App