८ वैशाख २०८१ शनिबार
राजनीति

विदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक तर्फ मतदानको व्यवस्था गछौं: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीहरुलाई समानुपातिक तर्फ मतदानमा सहभागी गराउन कानुनी व्यवस्था गर्न पहल गरिने बताएका छन्।

देउवाले नेपाली कांग्रेस अन्तरर्गतको चुनाव प्रचास प्रसार समितिले आइतवार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

देउवाले लोकतन्त्रको स्थायित्वको लागि आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताए। उनले मंसिर ४ गते हुने निर्वाचनमा सकृय रहेर गठबन्धनलाई जिताउन आब्हान गरे। देउवाले आर्थिक समृद्धि र विकासलाई अघि बढाउने जिम्मेवारी नेपाली कांग्रेसमा आएको बताए।

कार्यक्रममा पार्टी प्रवक्ता डा प्रकाशसरण महतले गैरआवासीय नेपालीहरुको हितमा नेपाली कांग्रेसले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै गैरआवासीय नेपाली नागरिकताको माग आगामी संसदीय निर्वाचन पछि सम्बोधन हुने बताए।

उनले नेपालमा लगानी भित्र्याउन आवश्यक ऐन कानुनमा संसोधन गर्न नेपाली कांग्रेसले सहजिकरण गर्ने बताए। डा महतले कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने नीति लिएको दावी गरे। निर्वाचनपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा देशअघि बढ्ने डा महतको भनाइ थियो।

कार्यक्रमको संयोजन नेपाली कांग्रेसका केन्द्रीय नेता किरण पौडेलले गरेका थिए। कार्यक्रममा विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, उपाध्यक्ष डा हेमराज शर्मा, पार्टीका केन्द्रीय सदस्यलगायतको बाक्लो उपस्थिति थियो।

प्रकाशित: १३ कार्तिक २०७९ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App