७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्नुस्ः रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई परास्त गर्छौं भन्ने संकल्प लिएर चुनावमा लाग्न गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।  शुक्रबार गठबन्धनको तर्फबाट पोखरामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

वरिष्ठ नेता पौडेलले राष्ट्रमाथि संविधानको रक्षा गर्ने ठूलो चुनौती आएको भन्दै चुनौतीको सामना गर्न गठबन्धन एक हुनु आवश्यक भएको बताए। उनले आफ्ना पार्टीका सिद्धान्त, झण्डा र अडानलाई छोडेर प्रतिगमनलाई परास्त गर्नका लागि र गठबन्धनलाई जिताउनका लागि निर्वाचन प्रचारप्रसारमा लाग्न पनि निर्देशन दिए। उनले कसरी गठबन्धनका उम्मेदवारलाई जिताउन भन्ने सोचेर एकता र समझदारी बनाउन आवश्यक भएको बताए।

  वरिष्ठ नेता पौडेलले गठबन्धनले जितेको खण्डमा देशलाई सुशासन दिने, युवाहरुलाई स्वरोजगार बनाउने र विदेशमा गइ भौँतारिनुपर्ने बाध्यताबाट हुक्त गर्ने प्रतिवद्धता व्यक्त गरे।  वरिष्ठ नेता पौडेलले सबै गठबन्धनका दल र नेता, कार्यकर्ताहरुले अतितलाई बिर्सिएर भविष्यलाई उज्यालो बनाउन सहयोग गर्नुपर्ने बताए। 

प्रकाशित: ४ कार्तिक २०७९ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App