४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक विज्ञापनबाट बाहिरियो ११ हजार डलर

सामाजिक सञ्जालमार्फत चुनावी प्रचारप्रसारमा उम्मेदवारले दिने मिथ्या सूचना तथा घृणायुक्त अभिव्यक्ति हटाइने भएको छ। निर्वाचन आयोगले फेसबुक, ट्विटर तथा टिकटकमा उम्मेदवारले दिने मिथ्या सूचना तथा घृणायुक्त अभिव्यक्तिलाई हटाउन सामाजिक सञ्जालका कम्पनीहरूसँग सहकार्य गरेको हो।  

‘निर्वाचनमा फेसबुकलगायत सामाजिक सञ्जालमार्फत उम्मेदवारले गतल प्रचारप्रसार गर्न सक्छन्,’ भरतपुरमा भएको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचन आयोगका सचिव गोकर्ण दवाडीले भने, ‘यसलाई हटाउन फेसबुक, ट्विटर, टिकटक कम्पनीसँग सहकार्य गरेका छौं।’ फेसबुकको मेटा कम्पनीसँग मंगलबारदेखि सहकार्य सुरु गरेको उनले जानकारी दिए। यसका लागि मेटा कम्पनीका कर्मचारीलाई तालिम पनि दिएको आयोगले जनाएको छ। ट्विटर र टिकटक कम्पनीसँग यसअघि पनि छलफल भइसकेको छ।  

उम्मेदवारले दिएका मिथ्या सूचना तथा घृणायुक्त अभिव्यक्तिबाहेक चुनावी प्रचारप्रसारका सामग्री (विज्ञापन) को खर्च विवरण भने निर्वाचन आयोगमा बुझाउनुपर्ने उनले बताए। ‘निर्वाचन आयोगले तोकेको खर्च सबै फेसबुकमार्फत खर्च गर्न पनि पाइन्छ,’ उनले भने, ‘तर यथार्थ विवरण निर्वाचन आयोगमा पेस गर्नुपर्‍यो।’ फेसबुकको मेटा कम्पनीले राजनीतिक विज्ञापनको सात वर्षसम्म डाटा राख्ने गर्दछ। सोही विवरण हेरेर सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ।  

२६ दिनको अवधिमा फेसबुकमा नेपालबाट १ हजार ५ सय वटा राजनीतिक विज्ञापन भएका छन्। त्यसबाट ११ हजार अमेरिकी डलर बाहिरिएको निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिए। ‘उम्मेदवारले फेसबुकबाट चुनावी प्रचारप्रसार गर्नुभएको छ। सेप्टेम्बर अन्तिम सातादेखि हालसम्म १ हजार ५ सयवटा राजनीतिक विज्ञापन भएको मेटाको रिपोर्टमा उल्लेख छ,’ उनले भने।

साथै आयोगले उम्मेदवारलाई कात्तिक १७ गतेदेखि चुनावी प्रचारप्रसार गर्न अनुमति दिएको छ। सोही दिनदेखिको खर्च विवरण निर्वाचन सकिएको ३५ दिनभित्र आयोगमा बुझाउनुपर्ने छ। अहिलेसम्म आयोगले १ लाख २४ हजार ६ सय जनालाई खर्च विवरणका विषयमा स्पष्टीकरण सोधेको छ। ) भारतीय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे विजयी भएका छन्। उनले अध्यक्षका अर्का प्रत्यासी शशी थरुरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।  

अध्यक्ष खड्गेले ७ हजार ८ सय ९७ भोट प्राप्त गरेका छन् भने प्रतिस्पर्धी थरुरले १ हजार ७२ मत प्राप्त गरेका छन्। खड्गे अध्यक्षमा निर्वाचित भएपछि थरुरले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। खड्गे गान्धी परिवारसँग निकट नेता मानिन्छन्। कांग्रेसमा २२ वर्षपछि पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिएका छन्। यसअघि सन् १९९८ मा पार्टीले सीताराम केसरीलाई पदबाट हटाएर सोनिया गान्धीलाई अध्यक्ष चुनेको थियो। सोनिया गान्धीपछि उनका छोरा राहुल गान्धीलाई पनि निर्वाचनबिनै अध्यक्ष चुनिएको छ। यो निर्वाचनको अर्काे विशेषता भनेको सीताराम केसरीपछि कांग्रेसको नेतृत्व गान्धी–नेहरू परिवारभन्दा बाहिर गएको छ।

प्रकाशित: ३ कार्तिक २०७९ ०२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App