५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: बागी उम्मेदवारी दिने पाँच नेतालाई एमालेले गर्‍यो पार्टीबाट निष्काशन

नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने सुदूरपश्चिम प्रदेशका पाँच जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ।

एमालेले प्रदेश कमिटि सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नहरने गरी निष्काशन गरेको हो।

यस्तै केन्द्रीय सल्लाहकार परिषद् सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ती समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटिले पार्टीबाट निष्काशन गरिएको छ।

सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्ब्र १ को प्रदेशसभा ९१०, हमालले कञ्चनपुर २ को प्रदेशसभा ९१० साउँदले कञ्चनुर क्षेत्र नम्बर १ को प्रदेशसभा९२० र मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका थिए।

प्रकाशित: २८ आश्विन २०७९ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App