१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपाका चार मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका छन्।  

बिहिबार देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा गएका मन्त्रीहरुमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रोजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन्।

सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन्।

बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने छन्। 

प्रकाशित: २७ आश्विन २०७९ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App