बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका चार जना स्वततन्त्र उम्मेदवारमध्ये १ जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेसका नेता केशबबहादुर चन्द, मानसिंह बिष्ट र त्रिलोकबहादुर चन्दले उम्मेदवारी फिर्ता नलिएको सहायक निर्वाचन अधिकृत तिर्थराज आर्चायले बताए। प्रदेशसभा क्षेत्र क बाट उम्मेदवारी दिएका काँग्रेस बागी उम्मेदवार हरिमोन भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।
बैतडीमा संघीय संसदका लागि स्वतनत्र सहित १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने प्रदेश सभा सदस्यका लागि क्षेत्र नं (क) बाट एक स्वतनत्र सहित ६ जना र (ख)बाट ५ जनाले उम्मेदवारी दर्ता गराएका थिए। अब बैतडीमा ११ जना प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने छन् भने प्रदेश सभा सदस्यका लागि क्षेत्र नं (क) बाट एक स्वतनत्र सहित ६ जना र (ख)बाट ५ जनाले चुनाव लड्ने भएका हुन्।
प्रकाशित: २६ आश्विन २०७९ ११:१७ बुधबार