१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेस प्रदेशमा एमालेका दुई दर्जन स्वतन्त्र उम्मेदवार

मधेस प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभामा नेकपा एमालेबाट दुई दर्जनभन्दा बढी नेताले मनोनयन दर्ता गराएको देखिएको छ। नेकपा एमालेबाट विभिन्न जिल्लामा प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएको देखिएको हाे।  

रौतहटको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको लागि स्थायी समिति सदस्य प्रभु साहले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन गराएपछि चर्चामा रहे पनि अन्य दुई दर्जनले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका हुन्।  

रौतहट ३ बाट प्रभु साह, २ बाट किरण साह र ४ बाट प्रदीप साहले मनोनयन दर्ता गराएका छन्। यसै गरी पर्सा १ बाट सन्तोष श्रेष्ठ, सर्लाही १ बाट मानबहादुर खड्का, महोत्तरी ३ बाट राम आधार कापड, धनुषा १ बाट किशोरी साह कमल र धनुषा ४ बाट कृष्णकुमार महतोले स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएका छन्।

यसै गरी प्रदेश सभातर्फ पर्सामा विनोद लामा, पहलाद गुप्ता र कदम रसुलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसै गरी बारा जिल्लाको १ को १ मा देवराज घिमिरे, १ को २ मा जयन्त कुशवाहा, ४ को २ मा उमेश कुशवाहा, रौतहट १ को २ मा मनोज यादव र राजेश चौधरी, ३ को १ मा केशव राय चौधरी, ३ को २ मा कुन्दन कुशवाहाले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गराएका छन्।  

यसै गरी सर्लाहीमा चन्द्रभूषण साह र रेणुका पौडेल, महोत्तरीमा मुजिम राय, सुनिल रोहित र प्रमोद महतो तथा सिराहामा गोपाल प्रसाद यादव र योगेश सिंहले स्वतन्त्रको हैसियतमा विभिन्न क्षेत्रबाट मनोनयन दर्ता गराएका छन्।

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आएका प्रभु साहले एमाले–जसपा गठबन्धनलाई प्रदेशवासीसित धोकाको संज्ञा दिँदै आएका थिए। नेता साहले जसपाको भागमा परेको सबै निर्वाचन क्षेत्रमा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता हुने बताएका थिए।

प्रकाशित: २४ आश्विन २०७९ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App