१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जुम्लामा ९ सय ६५ नयाँ मतदाता, दुई केन्द्र थप्न सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जुम्लामा मतदाता नामावली अद्यावधिक अभियान उत्साहजनक बनेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपालि जुम्लामा ९ सय ६५ नयाँ मतदाता थपिएका छन्।  

थपिएका मध्ये ५ सय २२ पुरुष तथा ४ सय ४३ महिला रहेका छन्। जिल्लाबाहिर बस्दै आएका ६१ जनाले समेत जुम्लामै नाम दर्ता गराएका छन्। तीमध्ये ३९ पुरुष र २२ महिला छन्।  

जिल्ला निर्वाचन कार्यालयकी निमित्त प्रमुख नारायणी चौलागाईं (आचार्य) का अनुसार जुम्लामा दुई नयाँ मतदान केन्द्र थप गर्न तथा एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा औपचारिक सिफारिस गरिएको छ।

हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप्ने तथा तिला गाउँपालिका–९ मा रहेको एक केन्द्र स्थानान्तरण गर्ने प्रस्ताव केन्द्रीय निर्वाचन आयोगमा पठाइएको छ।

No description available.

नाम दर्ता तथा अद्यावधिकका लागि असोज १० गतेदेखि कार्तिक ३० गतेसम्म समय खुला गरिएको थियो। मतदाता सहभागिता उच्च रहेकाले आयोगले म्याद बढाइ मंसिर ५ गतेसम्मका लागि थप गरेको थियो।

जुम्लामा हाल एक नगरपालिका र सात गाउँपालिका छन्। जिल्लाभर ८३ मतदान स्थल तथा १ सय ८ मतदान केन्द्र (२ अस्थायीसहित) तोकिएका छन्। अस्थायी मतदान केन्द्र जिल्ला कारागार र साल्ट्रेङमा निर्धारण गरिएको छ।

जिल्लामा कूल मतदाताको संख्या ६९ हजार ४ सय ५६ पुगेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीसँगै जुम्लामा आवश्यक संरचनागत तथा प्राविधिक प्रक्रिया तीव्र भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८२ २१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App