३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशमा भिडेका उम्मेदवार अहिले संघमा सँगै भिड्दै

२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका रामशरण बस्नेत र राजेन्द्र बजगाई अहिले फेरी संघमा प्रतिस्पर्धा गर्दैछन्।  

तत्कालिन समयमा (माओवादी र एमाले) बाम गठबन्धनबाट प्रदेश सभाको उम्मेदवार रहेका बस्नेतले बजगाईँलाई पराजित गरेका थिए। बस्नेत गण्डकी प्रदेशको भौतिकपूर्वाधार बिकास मन्त्री पनि भए। ४६ हजार तीन सय ५८ मतदाता रहेको उक्त प्रदेशमा ३१ हजार ५१ मत खसेको थियो। बस्नेतले १६ हजार छ सय ५६ र बजगाईले १३ हजार एक मतप्राप्त गरेका थिए।  

अहिले बजगाई सत्ता गठबन्धन नेपाली कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ को उम्मेदवार बनेका छन् भने बस्नेत नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार छन्। यसअघि प्रदेश क्षेत्रमा आमनेसामने भएका यी दुई यो निर्वाचनमा संघमा प्रतिस्पर्धा गर्दैछन्।  

अहिले प्रतिषपर्धा गर्न लागेको संघिय क्षेत्रमा २०७४ मा ९८ हजार छ सय २२ मतदाता थिए। अहिले मतदाता एक लाख १५ हजार तीन सय ९७ छन्। यसअघि बाम गठबन्धनबाट बिजयी हरि राज अधिकारीले २९ हजार आठ सय ६० र कांग्रेसका चिजन काजी श्रेष्ठले २६ हजार छ सय ४३ मतप्राप्त गरेका थिए।  

अहिले गठबन्धन फरक छ। कांग्रेस र माओवादीबिचको गठबन्धनले गोरखामा सत्ता गठबन्धन बलियो देखिन्छ। गत स्थानीयतहको निर्वाचनमा गोरखा १ भित्र पर्ने पालिका प्रमुखका (कांग्रेस र माओवदीका) उम्मेदवारले करिब ५४ हजार मतप्राप्त गरेका छन्। एमालेका पालिका प्रमुखका उम्मेदवारले करिब १६ हजार मतप्राप्त गरेका छन्। स्थानीयतहको पालिका प्रमुखले प्राप्त गरेको मत तुलना गर्दा गठबन्धन दल तेब्बर मतले अघि देखिन्छ। यसकारण पनि गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा आशावादी छन्। गठबन्धनबाट उम्मेदवार राजेन्द्र बजगाई आफुले सहजै जित्ने दावी गर्छन। 

एमालेका उम्मेदवार बस्नेत आफुले मन्त्रीहुँदा गरेको कामले जनताले मत दिनेमा ढुक्क रहेको बताउँछन्। पहिले प्रदेशमा प्रतिस्पर्धा गरेका यी दुई उम्मेदवारको प्रतिनिधिसभाका लागि हुने चुनावलाई रोचक रुपमा हेरिएको छ।  

गोरखा क्षेत्रनम्बर १ ‘क’ बाट माओवादी केन्द्रका कृष्ण धिताल र ‘ख’ बाट नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने प्रदेश सभामा गठबन्धन बाट उम्मेदवार छन्।

प्रकाशित: २४ आश्विन २०७९ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App