२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माधवकुमार नेपालले गराए मनोनयन दर्ता

पाँच दलीय गठबन्धनका शीर्ष नेता मध्ये एक माधवकुमार नेपालले मनोनयन दर्ता गराएका छन्। गृह जिल्ला रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि नेता नेपालले मनोनयन दर्ता गराएका हुन्।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन कार्यालयमा पुगेर पहिलो नम्बरमा नै मनोनयन दर्ता गराएका हुन्।

  

नेता नेपालले मनोनयन दर्ता गराउँदा गठबन्धनका नेताहरू समेतको उपस्थित थियो। नेकपा माओवादी केन्द्रका केन्दिय सदस्य सत्यनारायण भगत तथा दुर्गा भगवती गापा अध्यक्ष सम्भु सिंह सहित नेकपा एसका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। नेता नेपालका प्रस्तावक गौर नगर प्रमुख शम्भु साह तथा समर्थकमा राजदेवि नगर प्रमुख भिखारी प्रसाद यादव रहेका छन्।

प्रकाशित: २३ आश्विन २०७९ ०७:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App